विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-४ बगाहाका ४० वर्षीय युवराज राईको बुधबार दिउँसो मृत्यु भएको छ ।
४ नम्बर वडाको फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
Discussion about this post