काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा देवदह नगरपालिका-८ का ‘टाइगर’ भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ परेका हुन् ।
उनले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।
केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले बताए । उनलाई काठमाडौमा साईबर क्राईम मुद्दा चलाइने थापाले बताए ।
Discussion about this post