विराटनगर । मोरङको पथरीबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–४ का ३९ वर्षीय धनबहादुर थापा रहेका छन् ।
घरबाटै प्रतिबन्धित औषधि बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले दिउँसो ४ बजेतिर थापालाई पक्राउ गरेको हो ।
प्रहरीले थापाको घरमा खानतलासी गर्दा प्रतिबन्धित औषधि ट्रामाडोल ६ सय २९ र स्पास्पेन ६ सय ६५ ट्याब्लेट बरामद भएको थियो । थापाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post