इलाम । पिकअप गाडीले किच्दा इलाममा २० महिने बालकको मृत्यु भएको छ । इलाम सूर्योदय नगरपालिका ४ बाघपाइलेका धिरज रिजालका छोरा रियन रिजालको सोमबार साँझ मृत्यु भएको हो ।
घर अगाडि बाटोमा रियनलाई गाडीले किचेको थियो । बाटोमा रहेको ढुंगा पन्छाउन गाडी स्टार्टमै राखेर बाहिर निस्किएका बेला बालक टायरमुनी आएको र गाडीले किच्दा टाउकोमा चोट लागेको जनाइएको छ ।
घाइते बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा थिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख उपरिक्षक दिलिपकुमार घिमिरेका अनुसार मे १ ज ३६२ नम्वरको पिकअपले बच्चालाई किचेको हो ।
पिकअकका चालक सोही ठाउँका २६ बर्षका रेजन मगरलाई पक्राउ गरी प्रहरी चौकी श्रीअन्तुमा राखिएको छ ।
Discussion about this post