ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले सेवाग्राहीलाई आफ्नै कार्यकक्षमा अश्लील गाली गर्दै हप्कीदप्की गरेका छन् ।
समस्या लिएर उनको कार्यकक्षमा पुगेका सेवाग्राहीलाई त्यसरी हप्काउँदै अश्लील गाली गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक विरोध र आलोचना भइरहेको छ ।
गाउँकै समस्या लिएर उनीसमक्ष पुगेका सेवाग्राहीलाई अध्यक्ष राईले पदीय मर्यादाबिर्सेर गालीगलौज गरेका थिए ।
सिदिङ्बा गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ ।
उक्त निर्माणका लागि अध्यक्ष राईले विद्यालय व्यवस्थापन समितिको नाममा भुक्तानी दिनुपर्नेमा टोल विकास समितिको नाममा भुक्तानी गर्न खोजेका थिए ।
राजनीतिक प्रतिशोध राख्दै त्यसरी अर्कै संस्थालाई रकम भुक्तानी दिने कार्यको स्थानीयले विरोध गरेका थिए ।
त्यही समस्याबारे ध्यानाकर्षण गराउन पुगेका सेवाग्राहीलाई तथानाम गाली गर्दै अध्यक्ष राईले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्न खोजेका थिए ।
त्यस क्रममा गाउँले र सेवाग्राहीले उनलाई आफ्नो पदीय मर्यादा बिर्सेर जे पायो त्यही नबोल्न, सभ्य भएर प्रस्तुत हुने एवं नियमअनुसार काम गर्न आग्रह गरेका थिए ।
यस्तो आग्रह गर्दा अध्यक्ष राई अझ उत्तेजित हुँदै उनीहरुमाथि खनिएका थिए ।
Discussion about this post