विराटनगर । झापाको मेचीनगरपालिका-१ धाईजनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ । विराटनगरको खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा चनाको बोरामा ढुङ्गा र माटो भेटिएको हो ।
विराटनगर ९ स्थित अशोककुमार एन्ड सन्स खाद्यको होलसेल पसलमा गरेको अनुगमनको क्रममा जुनेली नामको चनाको बोरामा चनाजस्तै देखिने माटोको ढल्ला र ढुङ्गा भेटिएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा २५० ग्राम चनाजस्तै देखिने माटोको ढल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’
अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको मा सिता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि मा सीता इन्टरप्राइजेज पनि अनुगमन गरिएको थियो ।
अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ ।
Discussion about this post