वराहक्षेत्र । नगरपालिकाभित्र रहेका अस्पताल, स्वास्थ्य संस्थाको स्तरोन्नति, जनशक्ति, उपकरण र सेवा बिस्तारबारे नगर प्रमुख रमेश कार्कीले संघीय सरकारका स्वस्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् ।
बुधबार काठमाडौंस्थित स्वास्थ्य मन्त्रालयमा पुगेर नगर प्रमुख कार्कीले स्वास्थ्य मन्त्री बस्नेतलाई लिखित रुपमा योजना पेस गरेका छन् ।
वराहक्षेत्र २ चतरा स्थित निर्माणाधीन चतरा अस्पतालको भवन योजनासंगै नगर प्रमख कार्कीले वडा नं १ सुर्यकुण्डमा अस्पताल , वडा नं ६ र ९ मा रहेको श्रीलंका टप्पुमा रहेका स्वास्थ्य ईकाईको स्तरोन्नति, प्रसुति गृह सञ्चालनका लागि जनशक्ति र थप उपकरणको माग गरिएको उनले बताए ।
त्यस्तै, नगर अस्पतालमा थप उपकरण, भौतिक संरचना, मधुवन प्रथामिक स्वास्थ्य केन्द्रलाई अस्तालको रुपमा विकास गराउन जनशक्ति, भौतिक संरचना र उपकरणहरुको आवश्यक रहेकाले व्यवस्थानका लागि मन्त्री बस्नेतलाई अनुरोध नगर प्रमुख कार्कीले गरेका थिए ।
वडा नं ३ देवीथानमा निर्माण सुरु भएको भरौल अस्पताल भवनमा बजेट र आवश्यक सहयोग प्रकाशपुर र कालाबजरमा रहेका स्वास्थ्य चौकीको स्तरोन्नति, नगरभित्र रहेका स्वास्थ्य संंस्थाहरुको बारेमा जानकारि गराउदै स्तरोन्नतिका लागि बजेट उपलब्ध गराउन मन्त्री बस्नेतलाई मेयर कार्कीले अनुरोध गरेका थिए ।
हाल नगरमा फैलिरहेको डेंगु रोगको परीक्षण नगरपालिकाले निःशुल्क गरिरहेको र यसका लागि आवश्यक कीट उपलब्ध गराउन समेत नगर प्रमुखले आग्रह गरेका थिए ।
भेटमा नगर प्रमुख कार्कीसहित वडा नं ७ का अध्यक्ष कपिल आचार्य , समाजसेवी राधिका कट्वाल, भीम कट्वाल लगायत सहभागी रहेको नगर प्रमुख कार्कीका स्वकिय सचिय महेश घिमिरे (सुरज) ले जानकारी दिए ।
Discussion about this post