Notice: Trying to get property 'end' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 36

धरान । ‘ग्रीन एण्ड क्लीन धरान’ अभियानमा आइतबार नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवम प्रचार बिभाग प्रमुख मिन विश्वकर्मा सहभागी भएका छ्न ।
नगर क्षेत्रलाई स्वच्छ र सफा पार्ने यो अभियान साउन ६ गतेदेखि सुरु भएको हो ।
नेपाली कांग्रेस, सुनसरी क्षेत्र नम्बर १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान धरान ९ मा पुग्दा बिस्वकर्मा पुग्दा जेष्ठ नागरिक गोकुल प्रसाद श्रेष्ठ समेत सहभागी बनेका थिए ।
केन्द्रीय सदस्य एवम प्रचार बिभाग प्रमुख बिस्वकर्माले सरसफाई र स्वच्छ वातावरण मानवका लागि अति आवश्यक रहेकाले क्षेत्रीय कार्यसमितिले धरानमा ल्याएको एक घर एक विरुवा रोपौं, सरसफाई गरौं, डेंगु नष्ट गरौं अभियान अत्यन्त सान्दर्भिक रहेको बताए ।
उनले धरान डेंगु संक्रमण बढिरहेकाले सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
धरानलाई सुन्दर, सफा र हरियाली बनाउन क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरान अभियानमा पार्टीका सबै तह र तप्का लाग्नुपर्ने बताउँदै उनले अभियानलाई सफल बनाउन आग्रह गरे ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरु समेत सहभागी भईदिंदा हौसला र उत्साह थपिएको बताउंदै धरानले झेलिरहेको डेंगु महामारीलाई उन्मूलन गर्न राज्यको प्रयास पर्याप्त हुन नसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताए ।
Discussion about this post