इलाम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रैलाले पुराना राम्रा कामलाई अवलम्बन गर्दै नयाँ पनमा राजनीति अघि बढाउनु पर्ने बताएकी छन् ।
नेपाली काँग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत इलाम आएकी उनले पाटीका टोलदेखि केन्द्रसम्म रहेका नेताहरुले सच्चिनु पर्ने धारणा राखिन् ।
सामाजिक सञ्जालको अधिकतम उपयोग गरेर आम जनतासम्म पार्टीका धारणा लैजान उनले आग्रह गरिन् ।
केन्द्रीय समितिको निर्णयअनुसार संग्रौलालाई ९जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ । उनले जिल्लाका वडा र टोलसम्म विशेष अभियान शुरु गरिने बताइन् ।
साउन २० देखि ३० सम्म सञ्चालन हुने अभियानअन्तर्गत जिल्ला कार्य समिति, क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति, गाउँ नगर समिति, वडा समितिहरुको पूर्णता दिइने बताइएको छ ।
आन्तरिक सहमति सहकार्य र एकताका लागि अभिलेखिकरण गर्ने साथै जनजीविकाका सवालमा आइपर्ने समस्या सम्बोधन गर्न गाउँ सेवा दल गठन गर्ने सम्मका कार्ययोजना रहेको डा. संग्रौलाले जानकारी दिइन् ।
स्थानीय तहमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिहरुलाई पार्टीको घोषणापत्रमा भएका नीति कार्यान्वयन गराउन पहल गर्ने, सचार प्रविधिको सञ्जालमा सवै तहका पार्टी संरचनालाई आवद्ध गराउने अभियानको उदेश्य रहेको उनको भनाई छ ।
आन्तरिक अभियान भएकाले पहिला पार्टीमा जोश जाँगर ल्याउन यो केन्द्रको निर्देशन अनुसार नै अघि बढाइएको सार्टी जिल्ला सभापति डम्बर खड्काले बताए ।
जिल्ला कार्य समितिले विशेष आन्तरिक अभियान अन्तर्गत जिल्ला स्तरीय कार्यक्रम सञ्चालन गर्न कार्यतालिका बनाएको जिल्ला सचिव पूर्ण गौतमले जानकारी दिए ।
उनले सबैलाई समेट्ने गरि काम गरिरहेको बताए । पार्टीका पदाधिकारी र जिल्ला सदस्यहरुलाई बिशेष बिशेष कार्यक्रमका लागि जिम्मेवारी समेत दिइएको छ ।
Discussion about this post