इलाम । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
इलाम सूर्योदय नगरपालिका २, सयपत्री टोलमा सोमबार राती श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट नियन्त्रणमा लिइएको हो ।
तामाङलाई हाल इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जवेगुले बताए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।
भारततर्फ भाग्न लागेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिइएको राईले बताए । जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई फेला पारिएको थियो ।
पाँचथर, हिलिहाङ गाउँपालिका ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका २ सयपत्री टोलमा कोठा भाडा गरी बस्ने ५० वर्षीय तामाङले सामान्य विवादपछि घरेलु हतियार बामफोक प्रहार गरी ४५ वर्षीया श्रीमती डम्बर कुमारी तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post