पाँचथर । पाँचथरमा एक महिलाको जलेर मृत्यु भएको छ । खरको छानो भएको भान्सा घरमा आगालागी हुँदा ५५ वर्षीया सरिता राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा रहेको घरको भान्सामा खाना पकाउने क्रममा आगलागी भएको जनाइएको छ ।
आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post