काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको राष्ट्रिय साइबर सुरक्षा नीतिअनुसार अब अनलाइन उत्पीडन (ह्यारासमेन्ट), साइबर बुलिङ गर्ने, सामाजिक, साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्री सम्प्रेषणलाई निषेध गरिनेछ ।
महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।
रणनीतिमा भनिएको छ- ‘इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवम् भेदभावलाई नियन्त्रण गरिनेछ ।’
Discussion about this post