विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । विश्वास मत लिने सम्बन्धी आज प्रदेससभा नया सूचना दर्ता गराएका छन् । विश्वासको मत दिनु अगावै सभामा सूचना दर्ता गराउन पर्ने प्रावधान छ ।
गठबन्धन दलका तर्फबाट थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुख समेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
प्रदेशसभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २(१) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र अर्थात् भदौ १४ गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्छ ।
प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् ।
साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले सभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ ।
साेही व्यवस्थाअनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि ताेकेकाे मुख्यमन्त्री थापाले बताए ।
‘मैले ३ गतेका लागि सुचना दिएको थिए,उनले भने,’ सभामुखलाई समय ताेक्ने अधिकार छ, उहाँको ४ गतेका लागि ताेक्नु भयाे ।”
Discussion about this post