काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । सोही अवसरमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने भएको छ ।
महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारी स्वरूप १–३१ जुलाइका बीचमा विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् । संघको स्मार्ट एप मार्फत १०–२० अगस्टसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ ।
प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने संघले जनाएको छ । साथै संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन समेत भनेको छ ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले २० वर्ष पूरा गरेको छ । दुई दशकको अवधिमा ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना भइसकेको छ । संघमा विश्वभरबाट ९६ हजार ८ सय ५० पञ्जिकृत सदस्य छन् ।
Discussion about this post