इटहरी । सुनसरीमा नेपाली कांग्रेसले वीपी कोइरालाको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । यस अवसरमा ‘वीपी सप्ताह’ अन्तर्गत विविध कार्यक्रम आयोजना गरिने भएको हो ।
कांग्रेस सुनसरी क्षेत्र नम्बर २, प्रदेशसभा (क) समितिले वीपी जयन्तीको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको हो ।
समिति सभापति सुवेक्छु देवानका अनुसार पहिलो कार्यक्रम भदौ १६ गते शनिबार ‘कांग्रेस रन’ हुनेछ ।
भदौ २० गते बुधबार ‘वीपी साहित्य सन्ध्या’ कार्यक्रमको आयोजना गरिने देवानले बताए । २२ गते शुक्रबार वृक्षारोपण र २४ गते आइतबार अन्तर क्याम्पस वक्तृत्वकला प्रतियोगितासहित कार्यक्रम समापन गरिनेछ ।
कार्यक्रम सफल पार्न राजनीतिक दल, विद्यार्थी संगठनसहित सबै बुद्विजीवीहरूसँग आग्रह गरिएको छ ।
Discussion about this post