विराटचोक । मोरङको सुन्दरहरैँचामा आयोजित आँखा शिविरमा ३ सयभन्दा बढी आँखाका बिरामीले सेवा लिएका छन् ।
सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा बिरामीले सेवा लिएका हुन् ।
सुन्दरहरैँचा वडा ११ को बेलेपुरमा आयोजित उक्त शिविरको आयोजना लायन्स क्लब इन्टरनेशनल र लायन्स क्लब इन्द्रपुरले गरेको हो ।
शिविरमा ३ सय ५ नाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । तीमध्ये ६ जना बिरामीमा मोतियाबिन्दु फेला परेपछि शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको जनाइएको छ ।
अन्धोपन निवारणका लागि सामाजिक सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालले यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको अस्पतालका अध्यक्ष डा. बिजय गौतमले बताए ।
विभिन्न संघ सस्थाहरुसँगको समन्वयमा नवदृष्टिले कोशी प्रदेशका भोजपुर, संखुवासभासहित अन्य जिल्लामा आँखा शिविर गर्दे आएको अस्पतालले जनाएको छ ।
Discussion about this post