इटहरी । ऊर्जाशील महिला कृषि समूहले तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
समूहकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा वडा नम्बर ६ का वडाध्यक्ष दिवश पोख्रेलको सहभागिता थियो ।
यसैगरी कार्यक्रममा सचिव घनश्याम गिरी, मायाघरकी अध्यक्ष सुभद्रा प्याकुरेल, घरेलु महासंघ सुनसरीकी अध्यक्ष रन्जु सिग्देल, लायन्स क्लब स्मार्ट सिटीका तृतीय उपाध्यक्ष रन्जना शर्मा टोलका अध्यक्ष, भृकुटी टोलका अध्यक्ष, विभिन्न संघ संस्थाबाट प्रतिनिधिको सहभागिता थियो ।
यस अवसरमा महिलाहरुलाइ प्रोत्साहन गर्नु पर्छ भन्ने उद्देश्यले समूहले ३२ वर्षदेखि साइकल रिपेयरिङ्ग गर्दै आफ्नो गुजारा चलाउँदै आएकी अनिता विश्वासलाई एकल महिला सम्मान गरिएको थियो ।
यसैगरी त्यस अवसरमा जेष्ठ नागरिक आमाहरुको सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा सहभागीले तिजको दर खाएर रमाइलो गरेका थिए ।
Discussion about this post