इटहरी । इटहरी लेडी जेसिजको आयोजनामा सोमबार जेसिज सप्ताह सुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटनका साथै व्यावसायिक सीप प्रवर्द्धन कार्यक्रम पनि सुरु गरिएको हो ।
इटहरी १५ स्थित पडरिया बस्तीका पिछडिएका महिलाहरुले सीप सिकेर मेसिन किन्न नसकेर बसेको अवस्थामा उनीहरुलाई सहयोग गरिएको छ ।
ती महिलाहरुलाई लेडी जेसिजले समूहमा मिलेर काम गर्न र आयआर्जन गर्न भनेर निःशुल्क रुपमा ५ वटा मेसिन वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी थिइन् । विशिष्ट अतिथिका रुपमा वडा नम्बर १५ का वडाअध्यक्ष एवं सदस्यहरु, समाजसेवी लगायतको सहभागिता थियो ।
Discussion about this post