काठमाडौं । केही समययता डेंगु सङ्क्रमण घट्दो क्रममा रहे पनि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । डेंगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियानसँगै यसको संक्रमणमा केही कमी आएको जनाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले फैलिने क्रम केही घटेको छ ।
ती जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । सावधानी अपनाए डेंगु नियन्त्रण गर्न सकिने महाशाखाले जनाएको छ ।
विज्ञहरुले अझै दुई महिना डेंगुको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
यस वर्ष डेंगुका कारण १४ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।
Discussion about this post