उदयपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई उदयपुर जिल्ला अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । आरोपित युवक बेलका नगरपालिका-५ का सुशान्त मगर हुन् ।
न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सजाय र जरिवानाको उक्त फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।
२०७८ फागुन १३ मा एक बालिकालाई मगरले जबर्जस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।
Discussion about this post