नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । यता वागमती प्रदेशसभामा भने संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।
गण्डकी कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका हुन् । पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।
दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१) बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।
यता आजै भएको निर्वाचनमा बहादुर सिंह लामाले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।
Discussion about this post