विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेह्रथुमकी समानुपातिक सांसद हुन् ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
यसअघि सचेतकमा नियुक्त सिर्जना राई एमालेको तर्फबाट राज्यमन्त्रीमा नियुक्त भएपछि उक्त पद खाली थियो ।
उनको स्थानमा दर्नाललाई ल्याइएको हो ।
Discussion about this post