झापा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन भएका छन् ।
संघको काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले झापाका अमिन अली शेख, साहिद हुसेन र सेलेतुन खातुनलाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।
Discussion about this post