इटहरी / जिल्ला प्रसासन कार्यलय सुनसरीको नेतृत्वमा आजबाट इटहरीमा सुरु गरेको अनुगमनका क्रममा केही मासु पसलेहरुले हप्तौं देखि राखेको अखाद्य मासु फेला परेको छ । इटहरीको संगीत चोकमा रहेको मासु पसलबाट झन्डै ७ केजि बिग्रेको रागाको मासु बरामद गरेको छ । साथै केही केही किराना पसलबाट म्याद गुज्रिएको पेय पदार्थहरु समेत बिक्री बितरण गर्दै आएको फेला परेको जिल्ला प्रसासन कार्यलय सुनसरीका प्रसासकिय अधिकृत केशव खतिवडाले बताए ।
बरामद गरिएको मासु सहित पेय पदार्थलाई आजै नस्ट गरिएको छ । इटहरी उपमहानगरपालिका राजस्व प्रमुख अधिकृत सन्तोष ढकाल,उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली सहित अन्य स्वास्थ्यकर्मी रहेका थिए । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु बिक्रि गर्ने ब्यापारीलाई कार्वाही गर्ने अनुगमन प्रमुख खतिवडाले बताए ।
Discussion about this post