झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि गृहजिल्ला झापामा छन् । पूर्व प्रधानमन्त्री समेत रहेको ओली गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
बिजया दशमीको अवसरमा हरेक वर्ष झापामा आयोजना गर्दै आएका शुभकामना आदान– प्रदान तथा चियापानमा सहभागी हुन आएका अध्यक्ष ओली जिल्लावासीदेखि मोरङका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै सामाजिक काममा पनि चासो देखाएका छन् ।
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल गौराद– ५ मा २०८० सालको बडादशैंको शुभकामना आदानप्रदानमा कार्यक्रममा सहभागी भएका छन् ।
यसैगरी, एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशको पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की साथै अन्य नेता–कार्यकर्ताहरु कार्यक्रममा सहभागी छन् ।
यसपटकको झापा बसाईका क्रममा अध्यक्ष ओलीसँग सेल्फी लिनेको निकै ठूलो भिड लागेको छ । जताततै सेल्फी लिनेहरु देखिए । बासँग सेल्फी लिँदाको अनुभुतिलाई हरेकका अनुहारमा देखिएका चमकले नै बयान गरिरहेको छ।
फोटो फिचर –
Discussion about this post