झापा । मासु अड्किँदा दैलेखमा एका जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौमूले गाउँपालिका– ६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको वडा अध्यक्ष लालबहादुर चन्दले बताए । उनले भने,’दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र किड्नीमा समस्या थियो । डाक्टर सल्लाह अनुसार उनले मदिरा सेवन गर्न ७ महिनासम्म छोडेका थिए । डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दशैंको अवसरमा बारम्बार मदिरा सेवन गर्नाले पनि यो घटना घट्न गएको हो ।’
Discussion about this post