झापा । मोरङको विभिन्न पालिकामा जंगली हात्ती गाउँमा पसेपछि स्थानीय जनता त्रसित बनेका छन् ।
मोरङको बेलबारी र केराबारीको सिमाना देबिझोडामा हात्तीका बथान बस्तीमा प्रवेश गरेर दुःख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको हो ।
जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पुर्याउँदै आएको छ । हात्तीले खेतमा पाकेको धानका साथै अन्य बालिनाली खाइदिने गरेको छ । हात्ती आउने डरले स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन् । लोहोन्द्रा खोला आशपास २५/३० वटा हात्ती देखिएकाले सजकता अपनाउनुपर्ने देखिन्छ । जंगली हात्ती मोरङको मिक्लाजुङ, लेटाङ , कानेपोखरी, बेलबारी,केराबारी क्षेत्रमा देखिरहेका छन ।
Discussion about this post