बेलबारी : मोरङको सुन्दरहरैँचा नगरपालिका ८ पाथीभरा मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
ADVERTISEMENT
बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र इटहरीबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोरङ बेलबारी २ बस्ने २२ वर्षीय रुपक घिमिरे रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो चालक झापाको कन्काई नगरपालिका १ बस्ने ३० वर्षीय रोहित मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post