Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
सत्ता साझेदार दलको सोमबार अबेरसम्म बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।
जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।
शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन् ।
Discussion about this post