पोखरा । तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले फाल्गुन दुई गते संस्कृति मेला २०८० आयोजना गर्ने भएको छ ।
सरस्वती पूजाको दिन संस्कृति मेला २०८० आयोजना हुने जानकारी पोखरा विश्वविद्यालय एक समारोह गरी कार्यक्रमका संयोजक अभिषेक झाले दिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम साथसाथै संस्कृति कलाहरू झल्काउने कार्यक्रमहरू आयोजना गर्दै सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको कार्यक्रमका म्यानेजर कुल दीप सिंहले जानकारी दिए ।
पोखरा बिस्वविद्यालयको संस्कृति मेलाको दोस्रो संस्करणलाई भव्यताका साथ सम्पन्न गर्न कार्यक्रमका डाइरेक्टर शिव कुमार मण्डलले साथ समेत मागेका छन् ।
उक्त दिन विश्वविद्यालयमा सांस्कृतिक कार्यक्रमको साथमा विभिन्न प्रकारका खानाका स्टलहरू, र्याम्प वाक, कला, साहित्य र शिल्प सम्बन्धी स्टलहरू रहने जानकारी आयोजकले दिएको छ ।
संस्कृति मेला २०८० कार्यक्रमको मुख्य प्रायोजक रूपमा इडु हब रहेको छ।
Discussion about this post