Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्व नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको पर्व भएको बताएका छन् ।
नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका धेरै पर्व रहेको बताउदै प्रधानमन्त्री दाहालले ल्होछार पनि सोही अन्तर्गतको पर्व रहेको बताएका हुन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गरेका छन् ।
”यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको छ” दाहालले भनेका छन् ।
“सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो”, उनले भने ।
प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए ।
“ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।” प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ ।
Discussion about this post