नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताए ।
यता नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको बताएका छन् । मिडिमा आएको उक्त कुरा झुटो भएको कोइरालाको भनाई थियो ।
‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो । मैले यसको खण्डन गरिसकेको छु’ कोइरालाले भने ।
Discussion about this post