पाँचथर / राष्ट्रपति रामचन्द्र पौडेल पाँचथर सदरमुकाम फिदिम आउने भएका छन् । पाँचथर बहुमुखी क्याम्पसमा आयोजना हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा पाँचथर बहु धार्मिक आध्यात्मिक महोत्सवको उद्घाटनका लागि पौडेल फिदिम आउने भएका हुन् ।
पौडेलले दिनको १ बजे महोत्सवको उद्घाटन गर्ने कार्य तालिका छ । महोत्सव मूल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाका अनुसार उद्घाटन अघि फिदिम बजारमा कलश यात्रा गरिने छ । फिदिममा राष्ट्रपतिको सवारी हुने भएपछि फिदिमको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आजदेखि सुरु हुने महोत्सव ७ गतेसम्म सञ्चालन हुनेछ । यो महोत्सवमा हिन्दु, किराँत र बौद्ध धर्मका गुरुहरूले एउटै मञ्चबाट प्रवचन दिने तयारी छ । क्याम्पसको दिगो विकासका लागि अक्षयकोष स्थापना गर्ने उद्धेस्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवबाट पाँच करोड रुपैयाँ आर्थिक सङ्कलन गरिने लक्ष्य राखिएको छ ।
Discussion about this post