इलाम : इलामको सूर्योदय नगरपालिका १० को लोपोन्मुख लेप्चा जातिको इतिहास बोकेको फेन्सोङ लाप्चा गुम्बा नजिकबाट सूर्योदय नगरपालिकाले सडक निर्माणको काम शुरु गरेपछि स्थानीय लाप्चा समूदायले विरोध जनाएका छन् ।
गुम्बा व्यवस्थापन समितिलाई समेत जानकारी नदिई गुम्बाको जग्गामा सडक निर्माण गरेकोले समितिको अगुवाईमा सडक बन्द गरेको गुम्बा संरक्षण समितिका सचिव फिर्वा छिरिङ लाप्चाले बताए ।
लाप्चा अगुवा प्रेम बहादुर लाप्चाले गुम्बा आसपासमा बनेको संरचनाले दुई सय वर्ष पुरानो गुम्बाको अस्तित्व सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे ।
सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले गुम्बा क्षेत्रलाई थप व्यवस्थित गर्ने उद्देश्यले सडक निर्माण गरेको बताए । उनले सडक निर्माण सहित जोखिम पूर्ण क्षेत्रको संरक्षणको समेत योजना रहेको बताए ।
सडक बिस्तार सङ्गै सो क्षत्र कालोपत्रे गर्ने योजना रहेकाले यसले गुम्बा क्षेत्रमा आगन्तुकको आकर्षण थप वृद्धि हुने बताए ।
सडक निर्माणको क्रममा गुम्बाको जग्गा अतिक्रमण भएको लाप्चा अगुवाको भनाई छ ।
उनीहरूले स्थानीय सरकारलेले समन्वय नै नगरी काम गरेको भन्दै विरोध गरेका हुन् ।
Discussion about this post