Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

आज सरस्वती पुजा जसलाई पञ्चमी पनि भनिन्छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज मनाइदै छ ।
विशेष गरि देशै भरका विद्यापिठहरुमा सरस्वती देवीको पूजाआराधना गरिदै छ । सरस्वतीलाई विद्याकी देवी मानिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन् ।
आजैका दिनबाट सूर्य उत्तरतर्फ लाग्ने र दिन लामो रात छोटो हुँदै जान्छ भन्ने विश्वास गरिन्छ । आजैबाट वसन्त ऋतु प्रारम्भ हुने विश्वास समेत गरिन्छ । सोही कारण पनिआजको दिनलाई ‘वसन्त पञ्चमी’ समेत भन्ने गरिन्छ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
Discussion about this post