Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
उद्योग वाणीज्य संघ इटहरीको २३ औं तथा २४औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा एक भब्य कार्यक्रमका बिच वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गर्ने इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको समेत गरिएको उद्योग वाणीज्य संघ इटहरीका सदस्य मुक्ति दाहालले जानकारी दिए ।
सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इटहरी, कामधेनु दुग्ध विकास संस्था इटहरी,
मारवाडी सेवा समिति इटहरी,कृष्ण प्रणामी प्रतिष्ठान ईटहरी,नेपाल प्रेस युनियन सुनसरी,मनमोहन पोल्टिकल ईन्स्टिच्युट रहेका छन् ।
यस्तै, नोवेल मेडिकल कलेज बिराटनगर,मदिरा व्यवसायी संघ इटहरी,कस्मेटिक मनिहारी संघ इटहरी,इटहरी जेसिज,नेपाल युवा उध्यमी मंच सुनसरी,होटल व्यवसायी संघ इटहरी पनि सम्मानित भएका छन् ।
कार्यक्रममा औषधि व्यवसायी संघ इटहरी,तमोर डेरी उध्योग इटहरी,हिमालय लस उध्योग झापा,प्रीमा ग्यास उध्योग, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, हिमधारा जल उध्योग लगायत विभिन्न संघसंस्थाहरुलाई समेत सम्मान गरिएको दाहालले जानकारी दिएका छ ।
व्यक्तिगत रुपमा योगदान पुर्याउने मुक्तिनाथ दाहाल, यम घिमिरे,दिपक रौनियार, बिजय शाह,शिव प्रसाद घिमिरे लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड पछि देखिएको आर्थिक संकटले व्यापार व्यवसाय धरापमा परेको उल्लेख गरे । अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरणका लागि उद्योग वाणिज्य महासंघले सरकारसँग समन्वयकारी भुमिका निर्वाह गरेको उल्लेख गरे । रुपमा कार्य गरेको बताउँदै उनले निजी क्षेत्रको आवाज सरकार समक्ष राख्ने विस्वास व्यक्त गरे ।
उद्योग वाणीज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा प्रदेश १ सांसद रेवती रमण भण्डारी,पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रभु प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post