Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफलका बारेमा पनि कुराकानी गरिने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।
अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता गरेर जाने समझदारी बनेको माओवादी नेताहरुले बताएका छन् ।
Discussion about this post