Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।
यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ ।
चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ ।
गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् ।
Discussion about this post