Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।
पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बताए।
प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।
पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रिपरिषदको कार्यविभाजन गरेका थिए ।
Discussion about this post