ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.लालपुर शाखाले “वौद्विक अपाङ्गताको श्रोत कक्षा” श्री जनता मा.वि रामधुनि—३, सुनसरीमा रामधुनि न.पा.का मेयर शंकरलाल चौधरीको प्रमुख आथित्य, बिशेष अतिथि उप मेयर तारा थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्ष्यता तथा संस्थाका प्रदेश प्रमुख कृष्ण प्रसाद ढुंगानाको उपस्थितीमा वौद्विक अपाङ्गता भएका विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गरिएको लालपुर शाखाका शाखा प्रमूख निर्मला दाहालले जानकारी दिईन् ।
सस्ंथाले वित्तीय कार्यक्रमको अलवा समय समयमा महिला सदस्यहरुलाई उद्यमी बनाउने उदेश्यले सिपमुलक तालिम, वित्तीय साक्षरता कार्यक्रमका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाका प्रदेश प्रमूख ढुंगानाले बताए ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि शंकरलाल चौधरीले लघुवित्त संस्थाले गरिब तथा बिपन्न वर्गमा बैंक तथा वित्तीय पँहुच नपुगेको ठाँउमा गएर विना धितो कर्जा प्रवाह गरि महिलाहरुलाई उद्यमी बनाएको बताउदै अहिलेको विद्यमान अवस्थामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा मिनाह तथा लघुवित्त खारेजी गर्नुपर्ने जस्ता भ्रामक गतिविधिहरु बढेकोले यसका विरुद्व सम्पूर्ण जनप्रतीनिधिहरुले सचेत रहनुपर्ने धारणा व्यक्त गर्दै त्यस्ता गतिविधिहरु संचालन गर्ने जो कोहिलाई पनि निरुत्सायित गर्न सम्पूर्ण नगरबासिलाई आह्वान समेत गरेका थिए ।
उक्त कार्यक्रममा संस्थाका रंगेली स्टेशन प्रमूख, शाखाका कर्मचारीहरु, शिक्षकहरु, वडा अध्यक्ष साथै वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post