Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी उपमहानगर पालिकाको मुख्य चौक क्षेत्रमा उपमहानगरपालिकाले डोजर चलाएको छ ।
इटहरी ९ स्थित विराटनगर लाइनमा रहेका दुईवटा भवनमा उपमहानगरले शुक्रबार (आज) डोजर चलाएको हो । इटहरी मुख्य चोकबाट दक्षिण, बिराटनगरलाइनका दुईवटा घर आज भत्काइएको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।
निर्माणाधीन ६ लेन सडक परियोजनालाई मुर्तरुप दिनका लागी सडक क्षेत्रमा पर्ने भवन भत्काइएको हो ।
उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको हो । यसलाइ निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।
सो स्थानका मात्र नभइ सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित अभियानकारूपमा भत्काइने नगर प्रमुख पौडेलले जानकारी दिए ।
Discussion about this post