विराटनगर । धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार निक्कै अग्लाे भीरबाट गाडी खसेका कारण ठूलाे हताहतीकाे आशंका गरिएकाे छ ।
घटनास्थलमा महिला र बच्चाको शव फेला परेकाे छ ।
मृतकहरुकाे पहिचान खुल्न बाँकी छ। मृतककाे संख्या बढ्न सक्ने प्रहरीकाे भनाइ छ ।
काेशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलबाट प्रहरीले उद्दार गरेर ७ जनालाई उपचारका लागि धरानतर्फ पठाएकाे छ ।
भाेजपुरकाे हसनपुर प्रहरी चौकीकाे टाेली घटनास्थल पुगिसकेकाे उनले बताए । उनका अनुसार भीरबाट निक्कै तल खसेका कारण गाडी भएकाे ठाउँसम्म प्रहरी पुगिसकेकाे छैन । गाडी नम्बर पनि खुलेकाे छैन ।
घटनामा ठूलो हताहती भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । डीआईजी खापुङले उद्दारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनाकाे थप विवरण प्राप्त हुन सकिरहेकाे छैन ।
Discussion about this post