झापा । नेपाल प्रहरीले अबैध रुपमा नेपाल भित्र्याइएको सूर्ति बरामत गरेको छ ।
भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मूल्य बराबरको सूर्ति प्रहरीले बरामद गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सो मूल्य बराबरको सूर्ति बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
१०३र७ सीमा पिलर छेउबाट तस्करहरूले टाउकोमा हालेर भित्राइरहेको अवस्थामा प्रहरीले १४ बोरा सूर्ति बरामद गरेको हो । प्रहरीलाई देख्न साथ तस्करहरू सूर्तिका बोरा छाडेर भारततर्फ भागेका थिए ।
बरामद गरिएको सूर्ति भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । १०३र७ सीमा पिलर नजिकै सशस्त्र प्रहरीको बिओपी महेशपुर छ । त्यहीबाट भन्सार छलेर सूर्ति भित्राउन खोजिएकोले त्यहाँ तैनाथ सशस्त्रमाथि मिलेमतोको आशङ्का उब्जिएको छ ।
Discussion about this post