चितवन / उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू आम नागरिकका लागि सरकारमा सामेल भएको बताएका छन् ।
आइतबार चितवन झरेका उनले यस्तो बताएका हुन् । “हामी कोही-कसैका लागि सरकारमा पुगेका होइनौँ । नेता/कार्यकर्ताका लागि होइन, आम नागरिकका लागि सरकारमा पुगेका हौँ,” उनले भने ।
उनले आफूले इमानको बाटो हिँड्दा दु:ख पाएको बताए । “यदि बेइमानीको बाटो हिँडेको भए यति दु:ख हुने थिएन । इमानको बाटो हिँड्दा दु:खै-दु:ख छ, पीरै-पीर छ,” उनले भने, “बिहान उठ्दा कसले के लेखिदिने हो भन्ने, कसले के गरिदिने हो भन्ने डर छ ।”
यस्तै उनले कोही पनि अपराधीलाई नछाड्ने बताए । माछा दुईखाले हुने व्यङ्ग्य गर्दै उनले भने, “मैले दुवैखाले माछाको टेक क्यैर गर्छु ।”
अगाडि उनले भने, “एउटा ठूला-ठूला माछा, हाम्रोवाला माछा । अर्को किसानी चितवनको माछा । दुईवटै माछाको टेक क्यैर गर्छु, चिन्ता नगर्नुस् । एउटा माछा हेर्दा अर्को माछा छुट्ला भन्ने पीर गर्नुपर्दैन । दुईतिरै आँखा लगाउँछु । यो माछा खत्रा रहेछ, खाँदा मीठो, हेर्दा राम्रो । खान जानिएन भने काँडा अड्किने ।”
Discussion about this post