Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पिएसजी बिजयी भएको छ । लिग वानमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको गोलमा पिएसजीले जित हासिल गरेको हो ।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै पिएसजीले टुलुजमाथि २-१ को जित दर्ता गरेको हो । घरेलु मैदानमा पिएसजीले ३ अंक जोड्न निकै संघर्ष गर्नुपर्यो । बल पोसेसनमा पकड जमाउँदै विपक्षीविरुद्ध आक्रमण बुनेको पिएसजीको फिनिसिङमा भने सोचेजस्तो नतिजा आउन सकेन ।
टुलुजले खेलको २० औं मिनेटमा अग्रता लिएको थियो । ब्रान्को भान डेन बुमेनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए । तर अक्रफ हकिमीले ३८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । उनले कार्लोस सोलरको पासमा गोल गरे ।
दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे । हाकिमीको पासमा मेस्सीले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । सोहि गोल पिएसजीका लागि जित दर्ता गर्न पर्याप्त बन्यो । मेस्सीको यो जारी लिगमा दशौं गोल हो ।
चोटका कारण फरवार्ड एमबाप्पे तीन साता मैदानबाहिर रहने भएका छन् । मोन्टपेलिएरविरुद्ध खेलमा चोट बोकेपछि उनले च्याम्पियन्स लिगमा बायर्नविरुद्ध पहिलो लेग पनि गुमाउने भएका हुन् ।
अंक तालिकामा पिएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ । मार्सेको २१ खेलमा ४६ अंक छ ।
Discussion about this post