इटहरी – इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ ।
इटहरी वडा नं. ४ को कचना युवा क्लबमा सहभागी भएर फुटबल खेल्दै आएकी महिला खेलाडी रेखा पौडेल नेपालबाट १९ वर्ष भन्दा कममा सहभागी भई नेपाल महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल भई हालै साउदी अरबमा भएको (WAFF Woman’s Championship-2024) वाप्फ वुमन च्याम्पियनसिप-2024 मा अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी भई नेपालबाट उपविजेता भएकाले इटहरी ४ वडा नम्बर वडाले नगद ११ नगद सहित सम्मान गरेको छ ।
इटहरी ४ बाट सहभागी भई अन्तर्राष्ट्रिय खेलमा नाम कमाउन सफल भई वडा र खेल क्षेत्रको गौरव भएको गरिएको वडा अध्यक्ष भक्त लामा तामाङले बताए ।
वडाबाट सहभागी भएर जाने अन्तर्राष्ट्रिय खेलाडीलाई वडाले सम्मान गर्दै आएको वडा सचिव अर्जुन सुवेदीले बताए । वडाले फुटबल खेलाडी , कराँते खेलाडी लगायत खेलमा सहभागी भएर सफल भएका खेलाडीलाई सम्मान गर्दै आएको उनको भनाइ छ ।
यस अघि पनि युएई मा सम्पन्न भएको सुपर कप २०२४ को ८४ प्लस तौल समूहमा स्वर्ण पदक पाएका सागर राउतलाई सम्मान समेत गरिएको थियो ।
सो सम्मान कार्यक्रममा वडा सदस्य अमृत बहादुर बस्नेत ,लक्ष्मी चापागाईँ ,वडाका कर्मचारी , स्थानीय व्यक्ति सुनिल कार्की , वडाका कर्मचारी , समाजसेवी , बुद्धिजीवी स्थानीय लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post