बिर्तामोड ।
जिल्ला सहकारी संघ झापाले ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ चैत २० गते झापाको बिर्तामोडमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ ।
संघले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दैै ६७ औं सहकारी दिवसको तयारीका वारेमा जानकारी गराएको हो । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष २९ वटा नारासहित वृहत रुपमा सहकारी दिवस मनाउन लागिएको बताएका छन् ।
सहकारी क्षेत्रमा पछिल्लो समय केही समस्या देखिएको बताउँदै अध्यक्ष ढकालले भने ‘सहकारी संस्थाको एकीकरणका लागि राज्यले पनि सहयोग गर्नु पर्छ । एकीकरणका माध्यमवाट सहकारी संस्थालाई बलियो बनाउन सकिन्छ ।’ सहकारीले बैंकिङ कारोवार भन्दा उत्पादन र वजारलाई जोड्नु पर्ने अध्यक्ष ढकालको भनाई छ । सहकारी सुशासनमा आधारित हुनु पर्ने बताएका ढकालले यस वर्ष सहकारी एकीकरणको अभियानलाई तीब्र बनाइने बताए ।
सहकारी दिवस सफल बनाउन अध्यक्ष ढकालको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति र ४१ सदस्यीय सचिवालय गठन गरी प्रचार प्रसारलाई तीब्र पारिएको छ ।
सहकारी दिवसका दिन महानन्द चौक, भगवान चौक, बिर्ता वजार र बस पार्क क्षेत्रबाट प्लेकार्ड र झाकी सहितको ¥याकीको आयोजना गर्दै कार्यक्रम स्थाल सीटी सेन्टरमा सभामा परिणत हुने बताइएको छ ।
कार्यक्रमलाई सभ्य बनाउन २ सय स्वयम सेवक परिचालन गरिने अध्यक्ष ढकालको भनाई छ । कार्यक्रमको उद्घाटन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गर्ने कार्यक्रम तय भएको बताइएको छ । पत्रकार सम्मेलनमा संघका सञ्चालक समिति सदस्य कृष्ण पौडेल, केशव वस्नेत, व्यवस्थापक सञ्जु देवान लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post