काठमाडौं / प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले रायिवरुद्ध कुनै गुनासा वा उजुरी भए १० दिनभित्र निवेदन दिन सूचना जारी गर्ने निर्णय गरेसँगै उनीमाथिको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।
रायाविरुद्ध कुनै उजुरी भए इमेल, संघीय संसद सचिवालयको कार्यालयलगायतमा दिन सकिने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षमा सिफारिस गरेको हो । पूर्वअर्थसचिव पनि रहेका उनी अहिले तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी छन् ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त थियो ।
Discussion about this post