भोजपुर । भोजपुर नगरपालिका ९ मा रहेको बहिरा आवासीय आधारभूत विद्यालयको भवन निमार्णमा समस्या भएको छ । बाल संगठनले बिद्यालयलाई पुरानो भवनबाट मात्र कक्षा संचालनको अनुमति दिएपछि भवन निमार्णमा समस्या भएको हो ।
२०७५ सालबाट भोजपुर सदरमुकाममा संचालित यस विद्यालय भवन निमार्णका लागि बजेट विनियोजन भए पनि बाल संगठनले अनुमति नदिदा भौतिक पूर्वाधार निर्माणका कामहरु हुन नसकेको बिद्यालयले जनाएको छ ।
अविभावक भेलाको आयोजना गरि विद्यालयमा भवन निमार्ण लगायतका विषयमा प्रधानाध्यापक सरिता तामाङले जानकारी गराएका थिए ।
भवन निमार्णमा विगत लामो समय देखि पहल गरि दिन आग्रह गरे पनि संगठनका अध्यक्षले बेवास्ता गरेको प्रधानाध्यापक तामाङले बताए ।
तामाङले बाल मैत्री कक्षाकोठा अभाव भएको, अभिभावकका लागि सचेतीकरणका कार्यक्रम जरुरी रहेको, पालिकाहरुले बहिरा बालबालिकाहरुलाई बिद्यालय सम्म ल्याउन समन्य गरिदिनु पर्ने लगायतका बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
अविभावक भेलालाई सम्बोधन गर्दै भोजपुर नगरपालिका ९ का वडाध्यक्ष रामबहादुर तामाङले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पहल गरिने बताएका छन् ।
वडाध्यक्षले बाल संगठनको नाममा रहेको जग्गा बिद्यालयको नाममा आउन नसक्दा समस्या देखिएको भन्दै बिद्यालयको शैक्षिक सुधारमा अभिभावकहरुको पनि महत्वपूर्ण भुमिका हुने उल्लेख गरे ।
हाल कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा अहिले २३ जना विद्यार्थी, पाँच शिक्षक कर्मचारी कार्यरत रहेमो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिताराम ओझाले जानकारी दिए ।
अध्यक्ष ओझाले विद्यालयलाई नमुना बनाउन लागि परेको बताउँदै पहाडी जिल्लाहरुका लागि पनि भोजपुरमा संचालित विद्यालय उपयोगी हुने भएकाले सरोकारवाला निकायहरुले विद्यालयको ब्यवस्थापनमा सहयोग गर्न आवश्यक रहेको बताए ।
Discussion about this post