इलाम / माओवादी केन्द्र इलाम जिल्ला कमिटीले इलाम क्षेत्र २ को उपनिर्वाचनमा धिरेन्द्र शर्मा रमणलाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ ।
चैत १३ मा चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीले पुनः केन्द्रीय सदस्य शर्माको मात्रै नाम प्रदेशमा पठाएको हो । केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको र प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुने पनि जानकारी दिए ।
शर्माका अनुसार केन्द्रीय कमिटीले सत्तारुढ दलसँग पनि छलफल गरी बझाङमा हुन लागेको प्रदेशसभा निर्वाचनको उम्मेदवारसमेत सहमतिका आधारमा टुङ्ग्याउने सम्भावना रहेको बताए ।
माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्य त्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।
Discussion about this post